Techie IT
शनिबार, साउन २,२०८३

काभ्रेस्थलीको अधिकारी बस्तीमा पहिरो , दुईघर जोखिममा


काभ्रेस्थलीको अधिकारी टोलमा मंगलबार दिउसो पहिरो जाँदा दुईघर जोखिम परेका छन् ।
तारकेश्वर नगरपालिका वडा नं २ को ज्ञानोदय आधारभुत विद्यालय नजिक रहेको केशब प्रसाद अधिकारी र टेकनाथ अधिकारीको घर आडैमा पहिरो जाँदा ती घरहरु अति जोखिममा परको छन् ।

मंगलबार दिउसा १ बजे गएको पहिरोका कारण तारकेश्वर मन्दिर जाने अति छोटो पदमार्गको रूपमा रहेको दलकापचोक र ज्ञानोदय स्कुल हुँदै दलकाप गाउँमा आवतजावत गर्ने मुलबाटोमा सवारी र आवागमन अवरुद्ध भएको छ ।

पहिरो गएसँगै वडा नं २ का अध्यक्ष केसीका साथै नगर उपप्रमुख भवानी डोटेल धिताल, विपद व्यवस्थापन शाखा प्रमुख राजन फुयाँलका साथै सब इञ्जिनीयर पंख शाही, वडा सदस्य अर्जुन भण्डारी ,सञ्जय ढकाल लगायत पुगेर घटनाको जानकारी लिएका छन् ।

हाल कुनैपनि सवारीसाधन आवतजावत गर्नसक्ने अवस्था छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेस्थलीको अधिकारी बस्तीमा पहिरो


तपाईको कमेन्ट लेख्नुहोस्