तारकेश्वर जीतपुरफेदीमा १३ गतेसम्म निषेधाज्ञा ,संक्रमण व्यक्तिको क्षेत्र सिल
। तारकेश्वर नगरपालिका वडा नं ३ जीतपुरफेदीमा कोरोना संक्रमण देखिएको व्यक्तिको घर भएको क्षेत्रमा सिल गरिएको छ । सिल गर्नुका साथै संक्रमित ब्यक्तिको सम्पर्कमा आएका ब्यक्तिको पहिचान गरि शुक्रबारसम्म स्वाब संकलन गरि पीसीआर परीक्षण गराइने वडा न ३ का वडाध्यक्ष मनोहरी तिवारीले जानकारी दिए ।
३ नं वडामा पनि संक्रमण देखिएपछि वडा कार्यालयको अग्रसरतामा उच्च सतर्कता अपनाइएको हो ।सो क्षेत्रमा आवतजावत गरे संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गर्ने भन्दै वडाकार्यालयले सचेत गराएको छ ।
सिल गरिएको क्षेत्रमा पूर्वतर्फ जीतपुर मुक्तेश्वर मन्दिर, पश्चिमतर्फ भोलाप्रसाद जमकट्टेलको घरसँगैको खोल्सा, उत्तरतर्फ तीनपिप्ले रामघाट सडक खण्डको पैयुंबोट खण्ड र दक्षिणतर्फ सत्यशक्ति मन्दिरसम्मलाई निषेधित क्षेत्र तोकिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर जीतपुरफेदी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्