तारकेश्वरमा हालसम्म ६९ जनामा कोरोना संक्रमण , काँहा काँहा ?
काठमाडौं । तारकेश्वर नगरपालिकामा आजसम्म ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थप भएकाहरु मध्ये वडा नं. ३ बाट १ जना ५८ वर्षे महिला रहेको छ । उनलाई अहिले मेगा सिटि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । त्यस्तै तारकेश्वर वडा नं. १० मा थप २ जना, वडा नं. ११ मा थप ३ जना र वडा नं. ४ मा थप १ जना संक्रमण थपिएको छ ।
त्यस्तै हिजो मात्र नवीन नगरमा पोजेटिभ देखिएको २ जनालाई हिजै सशस्त्रको बलम्वुस्थित आइसोलेसनमा लगेको छ । तारकेश्वर नगरपालिकाका नगर स्वास्थ्य साखा प्रमुख जनार्दन अधिकारीकाअनुसार भोली तारकेश्वर वडा नं. १० को मानसिंहबाट ४०–४५ जनाको श्वाब संकलन गर्ने तयारी भएको बताउनु भएको छ ।
अधिकारीका अनुसार तारकेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको मनोवल वृद्धिका लागि अन्य नगरपालिकालेझैं केही प्रतिशत भत्ता दिने भएको छ । त्यस्तै तारकेश्वर नगरपालिकाले केही दिनभित्र पत्रकारहरुलाई कोरोना संक्रमण र पछिल्लो गतिविधिबारे जानकारी दिने बुझिएको छ ।

फरकपत्र संवाददाता
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा हालसम्म ६९ जनामा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्