सिलिचोङ पहिरोपीडितलाई ५० लाखबराबरको राहत सहयोग
"पहिरोपीडितका लागि खाँदबारी नगरपालिकाको लागि तीन लाख सहयोग"
सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँका पहिरोपीडितलाई ५० लाखभन्दा बढीको सहयोग सामग्री प्राप्त भएको छ । शुक्रबार आयोजित कार्यक्रममा छिमेकी खाँदबारी नगरपालिकाले तीन लाख रुपैयाँको चेक र नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले ५० लाखबराबरको राहत सामग्री सहयोग गरेको हो ।
खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले पहिरोपीडितको सहयोगका लागि तीन लाख रुपैयाँको चेक सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङलाई हस्तान्तरण गरेका हुन् । मेयर खतिवडाले एक स्थानीय सरकारले अर्का स्थानीय तहका जनताको दुःखमा हातेमालो गर्न सधैँ तयार रहेकोसमेत बताए ।
यसैगरी नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले पहिरोपीडितलाई विभिन्न राहत सामग्री गाउँपालिका अध्यक्ष कुलुङलाई हस्तान्तरण गरेको हो । संस्थाले पहिरोबाट विस्थापित भएका एक सय १० परिवारलाई आवास सामग्री एक सय १३ सेट, किचन सेट (भाँडाकुँडा) एक सय १४ सेट, ब्ल्यांकेट दुई सय २३ थान हस्तान्तरण गरेको आरआरएनका अध्यक्ष हरि तामाङले जानकारी दिए । उनको अनुसार संस्थाले गर्भवती महिला र बालबालिकाहरूका लागि पनि लत्ताकपडा उपलब्ध गराएको छ । महिलाका लागि कपडा, ब्रस, साबुन, टर्चलगायत ७० झोला सामग्री उपलब्ध गराएको छ भने पाँच वर्षमुनिका बालबालिकाका लागि ५० झोला लत्ताकपडा, पाँचदेखि १५ वर्षसम्मका बालबालिकाहरूका लागि ५० झोला लत्ताकपडा र एक सय झोला स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले राहत तथा उद्धारमा सबैले क्षेत्रले सकेको सहयोग गरिरहेको बताए । २८ असार राति गएको पहिरोले सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँका नौ घर बगाउनुका साथै ११ जना बेपत्ता भएका थिए । विस्थापितहरूलाई बुधबारे, चित्रे र चक्चेवामा अस्थायी वासस्थानमा राखिएको छ पहिरोपीडितको सहयोगका
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्