वडा अध्यक्ष सिटौला एक्सनमा , अटेर गर्ने पसलमा ताच्चा
तारकेश्वरमा जिल्ला प्रशासन कार्यालय काठमाडौले जारी गरेको निषेधाज्ञा फितलो भएपछि तारकेश्वरका जनप्रतिनिधिहरुले पूर्ण कार्यान्यनका लागी अग्रसरता देखाएका छन् ।
पटक पटक वडा कार्यालयले कोरोना रोकथाम र नियन्त्रणका लागी अनुरोध गर्दापनि बेवास्था गरेपछि तारकेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष वलराम सिटौला यक्सनमा उत्रीएका छन ।
सरकारले अनुमती दिएको अत्याबश्यक पसल बाहेक अन्य पसल संचालन गरेमा वडा कार्यालय र प्रहरीको रोहबरमा ताल्चा लगाउने र चावी वडा कार्यालयले राख्ने अध्यक्ष सिटौलाले साझापानालाई बताए ।
वडाका टोल सुधार समिति, प्रहरी, क्लब लगायतको सक्रियतामा माइकिंग गर्ने र अटेर गर्नेहरुको पसल सटर बन्द गराउने तयारी गरिएको हो ।
तारकेश्वर नगरपालिका वडा नं ९ मा हालसम्म ७ जनालाई कोरोना संक्रमण पुष्टि भैसकेको छ भने केही बिरामी नयाँ थपिएको प्रारम्भिक आंकडा आएको छ ।
यसअघि नगरपालिकाको सोमबार बसेको नगरकार्यपालिकाको बैठकले पनि सबै वडाहरुमा टोल सुधार समिति, प्रहरीलगायतको सहयोगमा माइकिंग गर्ने र निषेधाज्ञा कडा गराउने निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #वलराम सिटौला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्