होम आइसोलेसनमा बसेकालाई प्रतिव्यक्ति ५ हजार भत्ता दिने तारकेश्वरको निर्णय
काठमाडौं। तारकेश्वर नगरपालिकाले जनपक्षयइ प्रशंसनीय कदम चालेको छ । नगरपालिकाले कोरोना भाइरसको संक्रमण भएर होम आइसोलेसनमा बसेका नगरवासीलाई प्रतिव्यक्ति ५ हजार भत्ता दिने निर्णय पारित गरेको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले संक्रमितहरुको आधारभूत आवश्यक्ता पूर्ति गर्न राहत स्वरुप ५ हजार रुपैयाँ भत्ता दिने निर्णयका साथै संक्रमित भएकाहरुको परिवारमा मास्क, स्यानीटाइजर लगायत सुरक्षाका सामाग्री समेत पुर्याइदिने निर्णय गरेको छ ।
नगरपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै आफै परीक्षण गराउन एकहजार थान किट किन्ने निर्णय पनि गरेको छ । कोरोना भाइरस संक्रमण बढेसँगै कन्ट्याक्ट ट्रेसिंग गर्दा धेरैजना शंकास्पद बिरामी भेटिने भन्दै नगरले आफै किट व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिव्यक्ति ५ हजार भत्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्