१५ महिला उपभोक्ता समितिलाई ३ प्रतिशत प्रोत्साहन पुरस्कार
संखुवासभाको खाँदबारी नगरपालिकाले नगर क्षेत्रका १५ वटा महिलाले नेतृत्व गरेको उपभोक्ता समितिलाई प्रोत्साहन स्वरुप पुरस्कार उपलव्ध गराएको छ । सामाजिक काममा प्रोत्साहन गर्न उदेश्यले महिलाको नेतृत्वमा बनेका उपभोक्ता समितिलाई योजनाको ३ प्रतिशत प्रोत्साहन स्वरुप रकम उपलव्ध गराइएको हो ।

छैठौ नगर परिषदको निर्णय अनुसार १५ वटा महिला उपभोक्ता समितिलाई रकम उपलव्ध गराइएको हो । उक्त रकम नगर प्रमुख मुरारीप्रसाद खतिवडाले उपभोक्ता समितिका अध्यक्षहरुलाई सोमबार हस्तान्तरण गर्नुभयो । सामाजिक काममा सहभागिता गराउने उदेश्यले उनीहरुलाई सम्मान स्वरुप प्रोत्साहन पुरस्कार दिइएको हो । यो रकम उपभोक्ता समितिले महिला उत्थान वा विकास निर्माणमा सामुहिक रुपमा खर्च गर्ने छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्