यसरी भएको थियो खाँदबारीको आईसोलेसन वार्ड तोडफोड ( अपडेट भिडियो सहित )
सर्वत्र विरोध भएपछि कोरोना संक्रमितलाई ४ दिन पछि संखुवासभाको खाँदबारीमा उपचारका लागि ल्यार्ईयो
सर्वत्र विरोध भएपछि कोरोना संक्रमितलाई ४ दिन पछि संखुवासभाको खाँदबारीमा उपचारका लागि ल्यार्ईएको छ ।
चार दिनसम्म उपचार नपाएपछि ३ जना संक्रमितले आइसोलेसनको सट्टा खोला किनारमा निर्माण गरिएको छाप्रीमा राखेको भिडियो सार्वजनीक गरेका थिए । उनीहरुलाई मादी नगरपालिकामा पर्ने पिलुवाखोला किनारमा टिनको छाप्रीमा राखिएको हो । सर्वत्र विरोध गरेपछि उनीहरुलाई हिमालय किरण क्याम्पसको आईसोलेसनमा उपचारका लागि ल्याइएको हो ।

यसैबीच, हिमालय किरण क्याम्पसमा रहेको आईसोलेसनको स्वास्थ्य सामाग्री चोरी भएको छ । अस्पताल प्रशासनका अनुसार आईसोलेसन प्रयोगका लागि राखिएका सामाग्री बिहीबार राति तोडफोड पछि चोरी भएको हो । करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेसु सुन्दरश्याम झाले बताउनुभयो । झाका अनुसार ७० पिसपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री चोरी भएको छ । चोरीमा संलग्न कसैलाई पक्राउ गर्न सकिएको छैन । यसैबीच, जिल्ला अस्पतालले कोरोना उपचारमा संलग्न चिकित्सक र एम्बुलेन्स चालकलाई ज्यान मार्ने धम्की दिएको जनाएको छ । मेसु सुन्दरश्याम झाले आज जारी गरेको विज्ञप्तिमा स्वास्थ्यकर्मीलाई हतोत्साही बनाउने, डरधम्की दिने र स्वास्थ्य सामाग्री चोरी र तोडफोड गर्नेलाई पनि कारवार्ही गर्न माग गरेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्