टोखामा वडा अध्यक्ष ढकाल सहित स्वयंसेवकहरु निरीक्षणमा
शोभा तामाङ
टोखा नगरपालिका वडा ५ मा बढ्दो कोरोना संक्रमितको संख्यालाई ध्यान राखेर रोकथाम स्थानीयस्तरबाट पहलकदमी लिने कार्य अघि बढाइएको छ। वडा अध्यक्ष जगन्नाथ ढकाल सहित स्वयंसेवकहरु आज देखि निरीक्षणमा खटिएका छन् ।
स्वयंसेवक समितिले स्थानीय प्रहरीसँग सहकार्य गरि कोरोना रोकथाम तथा व्यवस्थापनमा आइपर्ने सम्पुर्ण गतिविधिहरु सञ्चालन गर्ने छन्। वडा अध्यक्ष जगन्नाथ ढकालकोअनुसार “बढ्दो कोरोना महामारीको अवस्थालाई मध्यनजरमा राखेर आफुहरुले स्वयंसेवक समिती गठन गरेको र कुनै पनि परिस्थिति आइलागेमा स्वयंसेवक समितिबाट नै सम्पुर्ण कार्यहरु समाधान गरिनेछ।”

स्वय्मसेवक समितिले वडाभित्र कुनै पनि ठाउँमा कोरोना संक्रमण लक्षण देखिएका मान्छेलाई पिसिआर परिक्षण गर्नका लागि वडा कार्यालयलाई जानकारी दिने । पिसिआर परिक्षणबाट पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेकाहरुलाई खाद्यान्न ल गायतका सामाग्री उपलब्ध गराउन मद्दत गर्नेछ । कोरोना संक्रमितको मृत्यु भएको खण्डमा परिवारको सहमतिमा वडा कार्यालयलाई लास व्यवथापन गर्न आवश्यक सहयोग गर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #जगन्नाथ ढकाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्