कोरोना संक्रमीतलाई आइसोलेसन बनाउन होटल खोज्दै तारकेश्वर नगरपालिका
काठमाडौं। पछिल्लो समय तारकेश्वर नगरपालिकाभित्र कोरोना संक्रमीतको संख्या बढे पछि तारकेश्वर नगरपालिका भित्र कोरोना भाइरस संक्रमित बिरामी बढ्न थालेसँगै नगर कार्यपालिकाले सम्भावित संक्रमण फैलनबाट रोक्न आइसोलेसन बनाउने तयारी गरेको छ ।
आइसोलेसन बनाउने भनेर अघिल्लो साता नै तयारी गरेपनि नगरपालिकाले सकेको थिएन । यसअघि नगरपालिकाले वडा नं १ स्थित साङ्लाको प्राथमिक स्वास्थ्य केन्द्रको भवनलाई आइसोलेसन बनाउने भनिएको थियो । त्यो सँगै हाल आएर नगरपालिकाले आठमाइलमा रहेका होटलहरुलाई आइसोलेसन बनाउने तयारी गरेको हो ।
संक्रमितको संख्या बढेसँगै तिनलाई व्यवस्थापन गर्न तत्कालका लागि होटलहरुमा पनि कुरा भइरहेको नगरपालिकाको मेयर रामेश्वर बोहोराले बताउनुभयो । साङ्लास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आइसोलेसन बनाउन अनुगमन गर्न लागिएको बोहोराले बताए ।
‘स्वास्थ्य केन्द्र र होटलहरु दुवैमा पूर्व अनुगमन गरेर अध्ययन गर्दैछौं एक–दुई दिनमा टुंगो लाग्छ ।’ उनले भने । कतिवटा आइसोलेसन बनाउने भन्ने बारेमा छलफल भैरहेको बोहोराको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका, #रामेश्वर बोहोरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्