टोखामा ७७ जनामा कोरोना पोजेटिभ
कोरोनाबाट २ जनाको मृत्यु , २४ जना निको
काठमाडौं । टोखा नगरपालिकामा आजसम्मको तथ्याङ्कअनुसार ७७ जनालाई कोरोना पोजेटिभ देखिएको छ । काठमाडौं जिल्लाभित्रको नगरपालिका मध्ये सबैभन्दा धेरै बुढानिलकण्ठमा देखिएको छ भने दोस्रोमा टोखा नगरपालिका पर्दछ ।
टोखा नगरपालिकाले आज सार्वजनिक गरेको सूचनामा अहिलेसम्म २ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टोखा न.पा वडा नं ६ र वडा नं ९ को महिला रहेका छन् । उनीहरु दुबै जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै संक्रमितमध्ये २४ जनालाई निको भएको छ भने ५१ जना सक्रिय संक्रमित रहेका छन् ।
टोखाको वडा नं. १० मा सबैभन्दा बढि संक्रमितको संख्या देखा परेको छ । त्यस्तै वडा नं. २ र वडा नं. ८ मा अहिलेसम्म संक्रमितको संख्या भेटिएको छैन ।
वडा नं ६ मा ११ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नं १ मा २ जना, वडा नं ३ मा ७ जना, वडा नं ४ मा ५ जना, वडा नं ५ मा ६ जना, वडा नं ७ मा ५ जना, वडा नं ९ मा ४ जना र वडा नं ११ मा ४ जनालाई संक्रमण देखिएको छ । नगरपालिकाको रहोबरमा परीक्षण गराउनेमध्ये १६ जना संक्रमित टोखा बाहिरका रहेका छन् ।
नगरपालिकाका अनुसार संक्रमित मध्ये २३ जना होम आइसोलेसनमा, २५ जना अस्पतालमा उपचार गराइरहेका छन् भने ३ जना संक्रमित सम्पर्कविहीन अवस्थामा छन् ।
टोखा नगरपालिकाले अहिलेसम्म १२०० भन्दा बढिको मानिसको पिसिआर परिक्षण गरिसकेको नगर स्वास्थ्य साखा प्रमुख रनलाल कुलालले बताउनुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : #टोखामा ७७ जनामा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्