संखुवासभामा आईसोलेसनमा राखिएको स्वास्थ सामग्री चोरी
आईसोलेसनमा प्रयोगका लागि राखिएका सामाग्री बिहीबार राति तोडफोड पछि चोरी भएको हो ।
संखुवासभा सदरमुकाम खाँदबारीको हिमालय किरण क्याम्पसमा रहेको आईसोलेसनको स्वास्थ्य सामाग्री चोरी भएको छ । अस्पताल प्रशासनका अनुसार आईसोलेसनमा प्रयोगका लागि राखिएका सामाग्री बिहीबार राति तोडफोड पछि चोरी भएको हो । करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताउनुभयो । झाका अनुसार ७० पिसपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री चोरी भएको छ ।

अहिले आईसोलेसनमा ३ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताउनुभयो । तोडफोड पछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको श्रेष्ठले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ । प्रहरीले चोरी र तोडफाडमा संलग्नको खोजी गरिरहेको जनाएको छ ।



क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #breaking, #corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्