आइसोलेसन , भेन्टीलेटर सहीत क्वारेन्टाइन निर्माण गदै टोखा नगरपालिका , ९ सदस्य समिति गठन ( निर्णय सहित )
काठमाडौ । टोखा नगरपालिकामा कोरोना संक्रमण बढेदो क्रममा छ । यसलाई रोकथाम र नियन्त्रणका लागी टोखाका जनप्रतिनिधिहरु सक्रियरुपमा लागिपरेका छन । बुधबार नगरकार्यपालिकाको बैठकले उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा ९ सदस्य समिति गठन गरेको छ ।
उपमेयको संयोजकत्वमा जनप्रतिनिधि सहित सर्बदलिय ९ सदस्य समितिले भ्यान्टीलेटरको आवश्यकता र औचित्यताको आधारमा पूर्वाधार तथा स्वास्थकर्मीहरु संगको समन्यनमा आवश्यक निर्णय लिने भनिएको छ ।
हाल तिलिङ्गटार मा.बि लाई क्वारेन्टाइन बनाइएको छ भने आवश्यकता अनुसार अन्य स्थानमा पनि निमार्ण गरिने छ ।
बैठकले टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ चौकीको नियमित सेवालाई बन्द गरि कोरोना संक्रमित ब्यक्तीहरुलाई राख्ने ब्यवस्था गर्ने , र आवश्यकता अनुसार सरकारवाला पक्षलाई सिफारीस गरी भेन्टीलेटरको ब्यवस्था मिलाइने निर्णय गरेको छ ।
वडा नं १ मा रहेको सामुदायीक भवन , वडा नं ६ मा रहेको सामुदायीक अध्यन केन्द्र ,वडा नं ९ को पिस ब्याकैट , राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको भवन , खेलकुद भवन लागायतका संभावित स्थानहरुलाई आवश्यकता र औचित्यको आधारमा कोरोना संक्रमित बिरामीहरुलाई राखिने भएको छ ।
यसैगरि सो बैठकले बिष्णुमति करीडोर निर्माणमा सरोकारवाला संग छलफल अघि बढाई पकृया अघि बढाइने मेयर प्रकाश अधिकारीले बताए ।
धापासी स्वास्थ चौकीमा कार्यरत महिला स्वास्थ सेवीका मन के.सी लाई पचास हजार रुपैया सहयोग गर्ने र कोरोना पोजेटिभ भई होम आइसोलेसनमा बस्नेलाई सन्तुलित भोजनकालागी स्वास्थ शाखाको सिफारिसमा प्रतिदिन रु ३५० उपलब्ध गराइने मेयर प्रकाश अधिकारीले बताए ।




क्याटेगोरी : समाचार
ट्याग : #आइसोलेसन, #टोखा नगरपालि, #भेन्टीलेटर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्