बुढानिलकण्ठ नगरपालिकामा निर्माणाधीन रहेको आइतवारे बाल उधान निर्माण हुने
काठमाडौं ,भाद्र २ । प्रनेल महर्जन / कञ्चन खड्का /आरजु खड्का
बुढानिलकण्ठ नगरपालिकामा निर्माणाधीन रहेको आइतवारे पार्क क्षेत्रमा बाल उधान निर्माण हुने भएको छ। बागमती प्रदेस सरकारले सो क्षेत्रमा बाल उधान निर्माणका लागि बजेट बिनियोजन गरेको छ।सो क्षेत्रमा बाल उधान निर्माणका लागि बागमती प्रदेस सरकारले २० लाख रुपैया बिनियोजन गरेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा निर्माण भैरहेको सो पार्कलाई बिस्तृत परियोजना प्रतिवेदन (DPR ) अनुसार निर्माण गर्नका लागि बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,वडा नं ५ का अध्यक्ष विजय तामांग र उपभोक्ता समिति विच छलफल गरिएको छ।
सो छलफलमा प्रदेश सभा सदस्य दीपक निरौलाले आइतबारे पार्क निर्माण कार्यलाई बिस्तार गर्दै उपभोक्ता समितिलाई आइतबारे पार्क DPR अनुसार काम गर्न समिती अघि बढ्नुपर्नेबताएका थिए।
निरौलाले सामुदायिक वन कृयासिल भएर अघि बढ्न र सामुदायिक वनमा उत्पादनमुलक क्षेत्र बनाउनमा जोड दिदै सामुदायिक वन सरसफाइका साथै संरक्षण गर्न सके आयमुलक श्रोत बनाउन सकिने धारणा राखेका थिए।
वडा नं ५ का वडा अध्यक्ष बिजय तामाङले बजेटकाे कार्यहरु सबै मिलेर कार्यान्वयनमा अघि बढाउने प्रतिबध्दता व्यक्त गर्दै पुर्बाधारहरु विकास गरी आइतबारे पार्क निर्माण गर्ने बताएका थिए।
त्यस्तै उपभोक्ता समितिका अध्यक्ष सन्दीप तामाङले प्रदेश सभा सदस्य संग सहमति जनाउँदै आगामी दिनमा बिकास निर्माणका कार्यमा सक्रिय रहने प्रतिवादत्ता ब्यक्त गरेका थिए भने वडा नं ५ की सदस्य हेब्सिवा तामांगले सो पार्क निर्माणले स्थानीय क्षेत्रको पर्यटन प्रवर्धन गर्ने धारणा राखेकी थिइन्।
(प्रनेल महर्जन / कञ्चन खड्का /आरजु खड्का सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
क्याटेगोरी : समाचार
ट्याग : #आइतवारे बाल उधान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्