तारकेश्वरमा ५० जनामा कोरोना पृष्टि, ६ जना कोरोना जितेर घर फर्किए
तारकेश्वर नगरपालिकामा कोरोना संक्रमित संख्या ५० पुगेको छ । जसमा ६ जना निको भएर घर फर्किका छन् । पछिल्लो समय तारकेश्वर वडा नं. २ ले पनि खाता खोलेको छ । जसमा आज काभ्रेस्थलीमा १ जनालाई कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै तारकेश्वरमा सबैभन्दा धेरै वडा नं. १० मा १९ जनालाई कोरोना पुष्टि भएको छ । १० जना महिला र ९ जना पुरुषमा कोरोना संक्रमण भएको छ । तारकेश्वर १० को १ नं. ब्लकको शिवनगरभित्र सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको छ ।
त्यस्तै तारकेश्वर वडा नं. ९ मा ५ जनालाई कोरोना संक्रमण देखिएको छ । वडा नं. ४ मा २ जना र वडा नं. ५ मा ११ जनालाई कोरोना पोजेटिभ देखिएपनि ५ जना निको भएर घर फिर्ता भएका छन् । वडा नं. ७ मा २ जनालाई कोरोना पोजेटिभ भेटिएको छ । त्यस्तै वडा नं. ११ मा ४ जना रहेको छ । जसमा १ जना निको भएर घर फिर्ता भएका छन् । कोरोना संक्रमितहरुलाई अस्पताल र केहीलाई घरको आइसोलेसनमा राखिएको छ ।
तारकेश्वर वडा नं. ८ मा ६ जनामा कोरोना संक्रमण भेटिएको छ । वडा नं. ८ को कोरोना संक्रमित बेसीनगर टोलमा सिल गरिएको वडा अध्यक्ष मनोजकुमार घिमिरेले बताउनुभयो । उहाँकाअनुसार बेसीनगर टोल घनावस्ती भएकाले कारोना संक्रमण समुदायमा बढ्ने सम्भावनाले सिल गरिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा ५० जनामा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्