संक्रमण बढेको कि मृत्युदर? आज मात्र कोरोना संक्रमित ५ जनाको मृत्यु
कोरोना संक्रमणको कारण मंगलबार एकैदिन ५ जनाको मृत्युु भैसकेको छ।
मृतकमा नवलपरासी, कास्की, तनहुँ, काभ्रे, बाँकेका १ र १ जना रहेका छन् । श्वासप्रश्वासमा समस्या आएपछि साउन ३० गते पाटन अस्पताल भर्ना भएका नवलपरासीका ३६ बर्षका एक पुरुषको आज बिहान मृत्यु भएको हो । त्यस्तै काभ्रेको धुलिखेलमा ९८ बर्षका एक वृद्धको मृत्यु भएको छ।
यस्तै गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको समेत मृत्यु भएको छ । पोखराका ८७ वर्षीय पुरुष, कास्की सेवा अस्पतालमा उपचाररत तनहुँ निवासी ५० वर्षीय महिला र बाँकेको नेपालगन्जमा कोरोना संक्रमणकै कारण ६२ वर्षीय पुरुषको समेत मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११३ जना पुगेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #death
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्