Techie IT
बिहीबार, जेठ २,२०८२

क्यान्सर पिडीत बालकलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टद्धारा सहयोग


कान्ति बाल अस्पताल महाराजगन्ज काठमाडौंमा उपचारार्थ कैलालीका एक बालकलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक सहयोग गर्नुभएको छ।

गोदावरी नगरपालिका वडा न १२ निवासी कर्ण बहादुर खत्रीका ७ बर्षका छोरा डम्बर खत्री क्यान्सर रोगबाट ग्रसित भएकाले केहि समययता उपचारका लागी कान्ति बाल अस्पताल थिए।

क्यान्सरबाट पिडीत आर्थिक रुपमा विपन्न बालकको उपचारका लागि भट्टले सहयोगार्थ ३१००० (एकतीस हजार)  रुपैंया सहित ,खाद्यान्न सामाग्री ,बेड ,बिस्तरा लगायतका सामाग्री भट्टका स्वकीय सचीव हितेश ओझा मार्फत आज हस्तान्तरण गरेका छन्।
भट्टले उपचारमा आबश्यक अन्य सहयोगको पनि ब्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #lekharaj bhatta


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:13 am6:46 pm +0545