कोरोना महामारीमा रगतको अभाव हुन नदिन नयाँ किरण समूह टोखाको रक्तदान कार्यक्रम
टोखा काठमाडौ । कोरोना ९कोभिड–१९० महामारीको समयमा अत्यावश्यक रगतको अभाव हुन थालेपछि संस्थागत रुपमा रक्तदान हुन थालेको छ । सटडाउनलाई मध्यनजर गर्दै रगत अभाव हुन नदिन काठमाडौको टोखा स्थीत नँया किरण समूह टोखाले रक्तदान कार्यक्रम गरेका छ ।
कोरोनाको कारण सटडाउनका कारण अधिकाशं व्यक्ती घरमा रहेकाले बिरामीहरुलाई रगत कमि नहोस् भनेर कार्यक्रमको अयोजना गरिएको नयाँ किरण समूह टोखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।
सटडाउनमा मानिस घरमै रहने तथा चाहिएको बेलामा रेडक्रससम्म पुग्न अप्ठयारो हुने तथा रक्तदान कार्यक्रम नहुने हुँदा रगत अभावको सम्भावनालाई मध्यनजर गर्दै रक्तदान गरेका हौं’, समूहका अध्यक्ष श्रेष्ठले भने रक्तदान गर्न सर्वसाधारण जान हिच्किचाउँछन्, त्यही भएर हामीले रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेका हौं।
उनले भने, ‘यो अवस्थामा नेपाल रेडक्रस सोसाइटीकै समन्वयमा सामाजिक दूरी कायम गर्दै सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर गरिएको रक्तदान कार्यक्रमले धेरै बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।
सामाजिक दूरी कायम गर्ने, बढी भिडभाड नगर्ने, रक्तदाताको ज्वरो, प्रेसर लगायतका सबै जाँच गरि कार्यक्रम आयोजना गरिएको छ ।
रक्तदान कार्यक्रमललाई ज्योती बिकाश बैंक , लायन्स क्लव अफ काठमाडौ नेपालय , जु जु क्याफे , सुनगाभा बचत तथा ऋण सहकारी संस्थाको सहयोग रहेको थियो ।




क्याटेगोरी : विशेष, समाचार
ट्याग : #नयाँ किरण समूह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्