Techie IT
मंगलबार, साउन १२,२०८३

नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई डिआईजि मा कोरोना संक्रमणको पुष्टि


उपत्यकामा कोरोना भाईरसको संक्रमण बढेसंगै नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा पनि त्यही कार्यरत दुई जना प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक डीआईजी मा संक्रमण भेटिएको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकृतले उनिहरु सहित अस्पतालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको उनले बताए ।

हाल प्रहरी अधिकारीको पीसीआर परीक्षण प्रहरी अस्पतालमै गरिँदै आएको कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा सक्रिय संक्रमण रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #nepal police hospital


तपाईको कमेन्ट लेख्नुहोस्