टोखामा ढुङ्गा स्वोलीङ्गको काम तिब्र गतिमा , अनुगमनमा पुगे मेयर सहित जनप्रतिनिधि
टोखा काठमाडौ । काठमाडौको प्राचिन एतिहासिक नगरी टोखा बजार भित्र अहिले ढुङ्गा स्वलीङ्गको काम भइरहेको छ ।
टोखा गेट बाट गणेश मन्दिर सम्म करिव २०० मिटर ढुङ्गा स्वोलीङ्गको काम भइरहेको स्थानिय समाज सेवी सत्यनारायण डंगोलले बताए ।
सो कार्यको निरिक्षण एवं अनुगमन गर्ने टोखा नगरपालिकाको मेयर प्रकाश अधिकारी , उपमेयर ,ज्ञानमाया डंगोल , प्रदेश सभासद दिपक निरौला पुगेका छन ।
प्राचिन एवम् पौराणिकताका साथै सांस्कृतिक नगरी टोखाको महत्वलाइ अझ विस्तारित गर्दै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नकालागि एकीकृत योजना अनुरुप नगरपालिका बाट करिब १ कारोड १० लाख रुपैया बजेट बिनियोजन भएको हो । टोखा संस्कृति सम्पदा संरक्षणका लागी नगर प्रशासन बिभिन्न योजनाका साथ लागी परेको मेयर प्रकाश अधिकारीले बताए ।

टोखामा विद्यमान संस्कृतिको संरक्षणसंगै पर्यटनको विकास निर्वादरुपमा सफल हुने बताउँदै प्रदेश सभासद दिपक निरौलाले टोखामा सस्कृति पर्यटनको प्रवद्धनबाट मुलुकको समृद्धिको मार्ग पहिल्याउँन सकिने बताउदै भौतिक पूर्वाधार तर्फ बिभिन्न काम भइरहेको बताए ।
त्यस्तै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको विकासका लागि नगरपालिकाले गुरु योजना सहित कार्यारम्भ गरिसकेको बताउँदै टोखा नगरपालिका लाइ नमूना नगरपालिका बनाउन सहकार्यको खाँचो रहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखामा ढुङ्गा स्वोलीङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्