चितवनमा स्वास्थ्यकर्मि सहित २७ जनामा कोरोना संक्रमण
चितवनमा स्वास्थ्यकर्मि सहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशाला भरतपुर अस्पतालमा शनिबार गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण पाइएको छ ।
संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् ।
भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परिक्षणमा२६ देखि ५३ वर्ष उमेर समूहका पुरुषहरु छन् भने २२ देखि ३९ वर्ष उमेर समूहका महिलाहरु छन् । संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् ।
चितवन रत्ननगर ५ र १२ का ३ पुरुष र १ महिला गरी ४ जनामा पनि संक्रमण देखिएको हो ।
चितवन रत्ननगर ५ र १२ का ३ पुरुष र १ महिला गरी ४ जनामा पनि संक्रमण देखिएको हो । त्यस्तै सर्लाहीकी २९ वर्षीया एक महिलामा र चितवन खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #chitawan corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्