लिदी पहिरामा मृतकको सङ्ख्या १३, बेपत्ता २६ जनाको खोजी जारी
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरामा परी मर्नेको सङ्ख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरामा ११ शव भेटिएको र आज बिहान थप दुई शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको हो ।
अझै २६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३६ वर्षीया टिकमाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जीते झाँक्री, ८ वर्षीय मिलन दोङ, पाँच वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय सानुकान्छी दोङ, पाँच वर्षीय प्रीति दोङ, पाँच महिनाकी कान्छी दोङ, ३४ वर्षीय धनमाया तामाङ दोङ र चार महिनाको रेमी दोङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पहिरामा बेपत्ता २६ जनाको आज बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीद्वारा खोजी भइरहेको बताइएको छ । मृतक ११ जनाको आज सामूहिक रुपमा दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । –––
क्याटेगोरी : समाचार
ट्याग : #landslide
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्