तारकेश्वर नमुना नगरमा कोरोना पोजेटिभ भेटीयो स्थानीयहरुद्वारा सिल (फोटो फिचर )
काठमाडौं । तारकेश्वर वडा नं. १० र ११ को नमुना नगरमा १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा अहिले स्थानीयहरुद्वारा सिल गरेका छन् । तारकेश्वर १० को एकै घरका ५ जना बिरामी भेटिएपछि १ जनाको स्वाब संकलन गर्दा पोजेटिभ देखिएको छ ।
सिल गर्ने कार्यक्रममा नमुना नगर टोलका अध्यक्ष इन्द्र गुरुङ सहितको सक्रिय उपभोक्ताहरुको सहभागिता रहेको थियो । सिल कार्यक्रममा तारकेश्वर १० नेकपाका संयोजक विनोद पौडेलको समेत सहभागितामा रहेको थियो ।
स्थानीयहरुका अनुसार कोरोना संक्रमित परिवारका सदस्यहरुको स्वाब संकलन गरेर सबैको रिपोर्ट नेगेटिभ नआएसम्म उक्त क्षेत्रलाई सिल गर्ने बताएका छन् । उनिहरुले स्थानीय सरकारसँग तत्काल कोरोना संक्रमित सम्भावना भएका व्यक्तिहरुको पिसिआर परिक्षणको व्यवस्था मिलाउन माग गरेका छन् ।
तारकेश्वर नगरपालिकाले हिजोदेखि नै नगरका पसलहरु बन्द गर्ने र अनावश्यक रुपमा हिँडडुल गर्न बन्द गर्ने निर्णय गरेपनि अहिलेसम्म पसलहरु पूर्ण रुपमा खुला रहेको र सडकमा मानिसहरुको भिड जताततै देखिन्छ ।








क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्