अत्यावश्यक सामाग्रीको बाहेक पसल नखोल्न र अनावश्यक आवतजावत नगर्न तारकेश्वर नगरपालिकाको अनुरोध
तारकेश्वर नगरपालीकाको विभिन्न स्थानमा कोरोना भाइरस संक्रमित फेला परेसँगै तारकेश्वर नगरपालिकाले उच्च सावधानी अपनाउन नगरवासीलाई सुचना मार्फत अपिल गरेको छ ।
नगरपालिकाले एक सूचना प्रकाशन गर्दै संक्रमण जोखिम न्यूनिकरणका लागि अत्यावश्यक बाहेकका पसल व्यवसाय बन्द गर्नपनि आग्रह गरेको छ ।
नगरले अत्यावश्यकीय खाद्य सामाग्री, तरकारी, ग्याँस, दुग्धजन्य पसल, पोलिक्लिनिक तथा औषधि पसल बाहेकका व्यवसाय बन्द गर्न अपिल गरेको हो । नगरपालिकाका मेयर रामेश्वर बोहोराले जारी गरेको अत्यावश्यक बाहेकका पसल बन्द गर्ने सम्बन्धी सूचना अनुसार नगरक्षेत्रभित्र अनावश्यक रुपमा घरबाहिर हिँडडुल नगर्नपनि आग्रह गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #tarkeshwor municipality
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्