अनाथ तीन जना बलिका एस ओ एस बालग्राम लाई हस्तान्तरण
नविना श्रेष्ठ
२७ श्रावण २०७७, आईतबार प्रधानमन्त्री निवास बालुवाटरमा आयोजित एक अनौपचारिक कार्यक्रम मार्फत नेपालको प्रथम महिला राधिका शाक्यले एस ओ एस बालग्रमालाई तीन जना अनाथ बालिका हस्तान्तरण गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यकम गरिएको थियो । आमाको हत्या गरेर बुबा कैदमा परे सँगै ती बालिकाहरू अलपत्र परेका थिए। गत फागु पूर्णिमाको दिनमा खोटाङ्ग जिल्ला स्थायी बसोबास भएका हाल दक्षिणकाली नगरपालिका वडा नं २ मा बस्दै आएका नविन राईले आफ्नै श्रीमती पुष्पा राई को हत्या गरे पश्चात अलपत्र परेका बालिका हरुको बारेमा प्रधानमन्त्री पत्नी राधिका आफैले विभिन्न सञ्चार माध्यम मार्फत जानकारी पाएपछि उहाँ कै आग्रहमा ती बालिकाहरूलाई उदारमा गरिएको थियो ।
बागमती प्रदेशका सभा सदस्य दिपक निरौला, वडा अध्यक्ष रामचन्द्र केसी लगाएत देशका शुभचिन्तक व्यक्तिहरूले राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास केन्द्र र मानव सेवा आश्रम, संस्थाहरुको सहयोगमा यी बालिकाहरूको उदार गरेको छ। अभिभावक गुमाएका अनिशा राई १४ वर्ष, अनुष्का राई ८ वर्ष, आयुष्का राई ४ वर्ष का थिए।
बालिकाहरूको भविष्य अन्धकार हुन नदिन ती बालिकाहरूको शिक्षा, स्वास्था र बसोबासको व्यवस्थापनको जिम्मा एस ओ एस बालग्रामलाई दिइएको हो। बालिकाहरूको आत्मनिर्भर नहुन्जेल सम्पूर्ण लागत र अभिभावकत्व स्वयम शाक्यले नै व्यहोर्ने कुरा यसै कार्यकम मार्फत बताउनु भएको हो। यसै कार्यकम लाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि समेत रहनु भएका प्रधानमन्त्री ओलीले यो सरकार बालबालिका, महिला र ज्येष्ठ नागरिकको कुरामा आफू पनि निकै सचेत रहेको कुरा बताउनु भको छ। त्यसै क्रममा अप्ठ्यारो मा परेका सबैलाई सधैं साथ सहयोग र उद्धार गर्नु हामी सबैले आफ्नो दायित्व ठाने मात्र सुखी नेपाली समृद्ध नेपाल हुने बताउनु भयो।
नेपाल कोमल हृदय भएका मानिसहरूको देश हो , सबै नेपालीहरुले सहयोग गर्ने देशमा कोही पनि बालबालिकाहरू अनाथ हुने थिएन र अलपत्र हुँदैन थियो, प्रधानमन्त्री ओलीले बताउनु भयो। एस ओ एस बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वरी प्रसाद शर्मा लाई राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन राज धरेल ले पत्र समेत हस्तान्तर गर्नुभयो । कार्यकम मा बागमती प्रदेशका प्रदेश सभा सदस्य दिपक निरौला एस ओ एस बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वर प्रसाद शर्मा, राष्टिय निर्देशक परिषदका कार्यकारी निर्देशक मिलन राज धरेल सरकारी कर्मचारी र पत्रकार हरुको समेत उपस्थिति थियो।
क्याटेगोरी : समाचार
ट्याग : #sos balgram
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्