गोंगबुस्थित सुटकेश भित्र राखिएको अवस्थामा भेटिएको शवको सनाखत
आईतबार काठमाडौ को गोंगबुस्थित गणेशस्थान नजिकै विभत्स हत्या गरेर सुटकेश भित्र राखिएको र जेब्रा झोला राखिएको शवको सनाखत भएको छ।
सुटकेशमा शव र टाउको खुट्टा सुटकेश भन्दा ३०० मिटर पर रहेको अवस्थामा भेटिएको शव रोल्पाका कृष्णबहादुर बोहोराको भएको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार हत्या गरिएको शव सनाखत भइसकेको र बाँकी अनुसन्धान जारी रहेकोले घटना बारेमा थप विस्तृतमा भन्न सक्ने अवस्थामा नरहेको भन्दै चाँडै उक्त घटनाको विवरण विस्तरणमा सार्वजनकि गरिने बताएका छन्।
सुटकेश र जेब्रा झोला राखिएका ठाउँ वरीपरी सिसिटिभी नभएकोले बिस्तृत रुपमा घटनाको बारेमा पत्ता लगाउन समय लागेको थियो। सुटकेश गोंगबु चोकभन्दा करिब एक सय मिटरको दूरीमा राखिएको थियो। त्यस आसपास क्षेत्रमा गोंगबु चोकमा मात्र सिसिटिभी क्यामेरा रहेको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्