पहिरो पिडीतका लागि १९ लाख ४२ हजार संकलन
शिलिचोङ काठमाण्डौ समन्वय समितिले उठाएको रकम शिलिचोङ गाउँपालिका संगको समन्वय गरि सदुपयोग गरिने
संखुवासभाको शिलिचोङ पहिरोबाट बिस्थापीत १ सय ३६ बढि घरपरिवारका लागि सहयोग जुटाउने उदेश्यले शिलिचोङ गाउँपालिका समन्वय समिति काठमाण्डौले शुरु गरेको सहयोग संकलन अभियानमा १९ लाख ४२ हजार संकलन भएको छ ।
शुक्रबार नेपाल पत्रकार महासंघ संखुवासभाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि शिलिचोङ् काठमाण्डौ समन्वय समितिका संयोजक संयोगान्त कुलुङ्गले पिडीतका लागि देश तथा बिदेशमा रहने नेपालीहरुबाट १९ लाख ४२ हजार संकलन भएको जानकारी दिए ।
उनले शिलिचोङ काठमाण्डौ समन्वय समितिले रु १३ लाख २२ हजार १ सय २४ र शिलिचोङ गाउँपालिका १ चित्रे निवासी जाङ्बु शेर्पा र ओङ्छु शेर्पाको पहलमा उठेको रु ६ लाख २ हजार ३२ रुपैयाँ केहि समय भित्रै शिलिचोङ गाउँपालिका संगको समन्वय गरि सदुपयोग गरिने जानकारी दिए । संकलित रकम सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै शिलिचोङ् काठमाण्डौ समन्वय समितिका संयोजक कुलुङ्गले बिपदको मारमा परेका पिडीतलाई देश तथा बिदेशमा रहेर सहयोग गर्ने सम्पुर्ण सहयोगी नेपालीहरुलाई धन्यबाद समेत प्रकट गर्दै संस्थाले बिगतमा समेत बृहत स्ट्रेचर बितरण कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको जानकारी दिए ।
उनले उक्त रकम पहिरोका कारण घरबास बिहिन बनेका १ सय ३६ परिवारको पुनर्वासका लागि खर्च गर्न उपयुक्त रहने भन्दै घरबार बिहिन् बनेकालाई स्थानीय र प्रदेश र संघिय सरकारले समेत सहयोग गर्नूपर्ने धारणा राखे ।
सहयोग रकम सार्वजनीक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महाुंघ शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरीले शिलिचोङ काठमाण्डौ समन्वय समितिलाई धन्यबाद प्रकट गरे । उनले संकलित रकमबाट बिस्थापीतको स्थायी पुनर्वासको ब्यवस्था गर्न उचित हुने भन्दै बिस्थापीतको पुनरस्थापनाका लागि पत्रकार महासंघले सहयोगी भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउँदै देश तथा बिदेशमा रहेका सहयोगी सबैप्रति आभार र धन्यबाद ब्यक्त गरे ।
गत असार २७ गते राती शिलिचोङ गाउँपालिका १ मा पहिरो जाँदा ९ घर बगाउनुका साथै ११ जनाको मृत्यु भएको थियो । बेपत्ताहरु लाई अहिले सम्म फेला पर्न सकिएको छैन । बिस्थापीतहरु अहिले शिलिचोङको चित्रे र बुधबारेमा बिस्थापीत जिवन बिताईरहेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्