नागार्जुन नगरपालिकामा ७ जनामा कोरोना पोजेटिभ
काठमाडौं । नागार्जुन नगरपालिकामा पछिल्लो एक हप्ताभित्र ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । वडा नं. ४ मा स्थायी बसोबास गर्ने एकै परिवारका श्रीमान–श्रीमतीमा कोरोना पोजेटिभ देखिएपछि उनिहरुलाई आइसोलेसनमा राखिएको छ । सुभेच्छा अस्पतालमा गाइनोको उपचारका लागि जाँदा अस्पतालले कोरोना परिक्षण गर्न लगाउँदा पोजेटिभ देखिएको थियो ।
त्यस्तै वडा नं. ५ को सितापाइला मन्दिर नजिकै अस्थायी बसोबास गरेर व्यापार÷व्यवसाय गर्दै आएका एकाघरका बाबुछोरालाई कोरोना पोजेटिभ देखिएको छ । नीजका परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।
त्यस्तै वडा नं. ४ को सितापाइलामा हिजो मात्र एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । नीजलाई अहिले आइसोलेसनमा राखेको छ । उक्त स्थानमा कन्ट्रायक ट्रेसिङ भइरहेको छ ।
त्यस्तै वडा नं. १ को रानीवनमा १ जना पुरुषलाई कोरोना पुष्टि भएको छ । किताव खानाका सरकारी कर्मचारीलाई कोरोना भेटिएको छ । उनलाई आइसोलेसनमा राखिएको बुझिएको छ ।
त्यस्तै हिजो वडा नं. ३ को ठूलो भ¥याङ नजिकै एक जना पुरुषलाई लाई कोरोना पोजेटिभ देखिएको छ । उनले ठूलो भ¥याङमा रहेको चप्पल कारखानामा काम गर्दै आएका थिए । आजदेखि चप्पल कारखानाका साहुले कारखाना बन्द गरिसकेको छ । कारखानामा साहुले कन्ट्रायक ट्रेसिङ गर्नुका साथै कर्मचारीहरुको पिसिआर परिक्षण गर्ने तयारी गरिरहेको छ ।
नागार्जुन नगरपालिकाको उप–प्रमुख सुसिला अधिकारीकाअनुसार सरकारले लक डाउन हटाएका कारण बाहिरबाट मान्छेहरु भित्रिरहेका छन् जसले गर्दा कोरोना महामारी नागार्जुनमा बढिरहेको छ । उनका अनुसार नागार्जुनको वडा नं. ४ मा कोरोना भयावह बन्ने सम्भावना रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्