नुवाकोटमा सांसद खतिवडाद्धारा त्रिशूली अस्पतालमा पिसिआर परीक्षणका लागि ७६ लाख दिने
नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले त्रिशूली अस्पतालमा पिसिआर ल्याब परीक्षण मेशिन खरिद सञ्चालनका लागि रु ७६ लाख दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्नका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सांसद खतिवडाले कोरोना परीक्षणका लागि पिसिआर मेशिन खरिद गर्न बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
खतिवडाका अनुसार जिल्लामा कोरोना परीक्षणका लागि ढिलासुस्ती नहोस् र सर्वसाधारणले चाँडै परीक्षण भई उपचार पाउने छन् भन्ने उद्देश्यले पिसिआर ल्याब मेशिन खरिद गर्नलाई बजेट दिने निर्णय गरिएको हो । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले तत्कालै पिसिआर ल्याब मेशिन खरिद गर्नका लागि नगरपालिकाले बोलपत्र प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।
पछि नगरपालिकाको रकमलाई स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत विदुर नगरपालिकालाई स्रोतभर्ना गरिनेछ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले छिमेकी धादिङ र रसुवामा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हुनाले समुदायस्तरमा सङ्क्रमण फैलिने जोखिम कम गर्न पनि पिसिआर ल्याब स्थापना हुन जरुरी रहेको बताउनुभयो । –––
क्याटेगोरी : समाचार
ट्याग : #नारायणप्रसाद खतिवडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्