केरुङ – नुवाकोट पेट्रोलियम पाइपलाइन कार्यक्रम योजना स्वीकृत
चीनबाट पट्रोलियम पदार्थ ल्याउनको सम्भावनाको अध्ययन गरी फ्रेमवर्क सम्झौताको तयारी गर्न तथा केरुङदेखि नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न सम्भाव्यता अध्ययनका लागी नेपाल आयल निगमले निती तथा कार्यक्रमका लागी स्वीकृति दिएको छ।
निगम सञ्चालक समिति बैठकले आर्थिक वर्ष ७७ र ७८ को नीति तथा कार्यक्रममा स्वचालित प्रविधिमा आधारित डिजिटल निगमको अवधारणालाई प्रमुख प्राथमिकतामा राखि निती तथा कार्यक्रम पारित गरिएको प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिएका छन् ।
परम्परागत प्रणाली त्यागेर डिजिटल निगम बनाई व्यबसायीको एकाधिकार तोड्ने अवधारणासहितको नीति तथा कार्यक्रंम ल्याइएको प्रवक्ता उपाध्ययले बताए ।
पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रिमा सरकारी सहभागिता सहित दुई सय वटा ट्रक तथा ट्यांकर खरिद गर्ने निगमले जनाएको छ ।
यस्तै भारतको सिलुगढीदेखि झापाको चारआलीसम्म अन्तरदेशीय दोस्रो पेट्रोलियम पाइपलाइन परियोजना, बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाईपलाइन विस्तार ,झापा र धनुषामा आफ्नै ग्यास बोटलिङ प्लान्ट निर्माण यसै आथिक वर्षभित्र सुरु गर्ने, हालको केन्द्रीय कार्यालयमा सुविधा सम्पन्न १० तल्ले निगमको केन्द्रीय कार्यालय बनाउने, पेट्रोलियम ढुवानी ट्याकंरको लकिङलाई प्रभावकारी बनाउन इलकिङ, भीटीएस र जीपीएस, भीसीटीएस तथा ईसीटीएस प्रणाली लागू गर्ने तथा टेकुमा पेट्रोलियम हब बनाउने, झापाको चारआली, सर्लाहीको लालबन्दी र धनुषाको महेन्द्रनगरमा एक महिनालाई पुग्ने पेट्रोलियम भण्डारण गृह निर्माणको परियोजना यसै वर्ष सुरु गर्ने प्रवक्ता उपाध्यायले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #petrolium pipeline
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्