नुवाकोटमा आजदेखि लकडाउन
संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरेको बताएको छ।
जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको हो ।यसैगरी सवारी साधनमा एम्बुलेन्स बाहेक सबै किसिमका आवतजावत रोक्ने निर्णय गरेको हो।
बैठकले होटल , चिया पसल, पार्लर सैलुन , जिमहल, मेला जात्रा, पर्व समारोह, गर्न नपाउने निर्णय गरेको छ। यसैगरी यही साउन २५ गतेदेखि अर्को आदेश नभएसम्म जिल्लाभित्रका सबै सरकारी, निजी तथा गैरसरकारी कार्यालयले प्रदान गर्ने सेवामध्ये सेवा सञ्चालन तथा व्यवस्थापन प्रक्रिया र कार्यालय सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहका मापदण्डअनुरुप अतिआवश्यक सेवा मात्र प्रदान गर्ने निर्णय गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #लकडाउन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्