बाबुको मृत्युपछि छोरीलाई नेशनल लाईफ संखुवासभाले दियो ५ लाख
आफ्नो छोरीको प्रस्तावक बसेका खाँदबारी २ का उचित बहादुर राईको निधन भएपछि उहाँको परिवारलाई नेशनल लाईफ ईन्सुरेन्सले ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । राईको मृत्यु पश्चात उनका छोरी शुशिलाको नाममा ५ लाख विमांक रकम भुक्तानी दिएको हो । उनले पहिलो किस्ता ३३ हजार ७ सय ४० रुपैयाँ मात्र जम्मा गरेका थिए । ५ लाख रुपैयाँ खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले मृतकका श्रीमति सुमित्रा राईलार्य बिहीबार हस्तान्तरण गरे ।
अब नावालिका शुशिलाका नाममा नेशनल लाईफले १५ बर्ष ३३ हजार ७ सय ४० रुपैयाँका दरले रकम जम्मा गर्ने शाखाप्रवन्धक कमल आलेले बताए । उनका अनुसार १४ र १५ बर्षपछि विमांकको २५ प्रतिशत र १६ बर्षपछि एकमुष्ठ विमांक रकमका साथै बोनस रकम पनि उपलव्ध गराईने छ । मृतक राईले शुशिलाका नाममा २०७६ असार ३१ मा बरिष्ठ व्यवसाय प्रवन्धक नेपालमान श्रेष्ठले विमा गराएका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्