Techie IT
आईतबार, असोज ४,२०८३

स्रोत नखुलेको लाखौं रकम सहित एकजना पक्राउ


कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई स्रोत नखुलेको रु १६ लाखसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतबाट नेपाल आउदै गरेका उनी विशेष सुराकीका आधारमा मायादेवी–४ ठकुरापुर गोब्ली बगैँचाबाट मङ्गलबार साँझ पक्राउ परेका हुन्।

पक्राउ परेका सोनार र उनीबाट बरामद भएको रकम सुनौली भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्