तारकेश्वर मनमैजुमा यसरी मनाइयो गाइजात्रा (फोटोफिचर)
तारकेश्वर, २० साउन । आज गाइजात्रा । देशका विभिन्न स्थानमा एकवर्षभित्र परिवारका सदस्य गुमाएकाहरुले गाइको अवतार बनाएर टोल तथा नगर परिक्रमा गराएका छन् ।
विशेषगरी नेवारी समुदायमा धुमधामका साथ मनाइने गाइजात्रा पर्व तारकेश्वर नगरका विभिन्न स्थानमा मनाइएको छ । गाइजात्राको दिन तारकेश्वरको ऐतिहासिक नेवार बस्ती रहेको मनमैजुमा गाइजात्रा मनाइएको छ । मृतकको परिवारबाट गाईको प्रतिमा निकालिनुका साथै विभिन्न झाँकीहरु पनि प्रदर्शन गरिएको छ ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।





क्याटेगोरी : समाचार
ट्याग : #hot, #गाइजात्रा, #मनमैजु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्