टोखामा नेपाल कम्युनिस्ट पार्टीको अन्तरक्रिया कार्यक्रम
टोखा नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष र अवको यात्रा कता ? भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर शनिवार टोखा सरस्वती मा. विमा मालेमा युवा अध्ययन केन्द्रको आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले नेपाली कम्युनिस्ट आन्दोलनका विगत र आगामी दिशाका वारेमा प्रशिक्षण प्रदान गरेका थिए।

नेकपाका नेता बाबुलाल डंगोल, रमेश डंगोल,गजराज श्रेष्ठ, हरिदास श्रेष्ठ लगायतको उपस्थितिमा नेता न्युअपनेले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा गठन भएको जानकारी प्रदान गर्दै पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक रहेको जानकारी दिएका थिए।
कार्यक्रमका अन्य वक्ताहरुले नेपाली कम्युनिस्ट आन्दोलन ,पार्टी एकता र आगामी कार्यभारहरुका वारेमा विचार प्रस्तुत गरेका थिए। फोटो सौजन्य :टोखा लाइभ
क्याटेगोरी : समाचार
ट्याग : #टोखामा नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्