Techie IT
आईतबार, साउन १०,२०८३

मास्क नलगाई हिँड्नेलाई जरिवाना


जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गराउन थालेको छ।

मास्क नलगाई हिँडेको पाइए संक्रमण रोग ऐन २०२० को दफा २० बमोजिम एक सय जरिवाना लिन थालिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

‘सम्झाई बुझाई गरेर पठाउदा अटेर गर्न थालेपछि मास्क नलगाउनेलाई कारबाही स्वरुप रसिद काटेर जरिवाना गराएको दाहालले जानकारी दिए।

भक्तपुर र ललितपुरलाई पनि मास्क नलगाउनेलाई छिटै नै यहि कारबाही गर्नका लागी कदम चालिसकेको उनले  बताए।


क्याटेगोरी : समाचार
ट्याग : #face mask required


तपाईको कमेन्ट लेख्नुहोस्