Techie IT
आईतबार, साउन १०,२०८३

भाद्र १ गते देखि विद्यालयहरु पुन संचालनको तयारीमा बुढानिलकण्ठ नगरपालिका


लामो समय देखिको लक डाउनका कारण बन्द भएका विद्यालयहरुलाई भाद्र १ गते देखि पुन संचालन गर्ने बुढानिलकण्ठ नगरपालिकाले निर्णय गरेको छ। बुढानिलकण्ठ नगरपालिका शिक्षा समितिको साउन ११ गते बसेको बैठकले लक डाउनका कारण बन्द भएका विद्यालयहरुलाई  पुन संचालन गर्ने निर्णय गरेको हो।

बुढानिलकण्ठ नगरपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखाका प्रमुख जगन्नाथ उपाध्यायले जारि गरेको सुचनामा सुरक्षित तरिकाले विद्यालय संचालनका लागि विद्यालय पुन संचालन निर्देशिका २०७७ निर्माण गरि विद्यालयहरुमा पठाइएको जानकारी गराइएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #school open


तपाईको कमेन्ट लेख्नुहोस्