संखुवासभाको खाँदबारी नगरपालिकाले बाढ्यो विद्यालयलाई कम्प्युटर
संखुवासभाको खाँदबारी नगरपालिकाले नगर क्षेत्रका ८ वटा आधारभूत विद्यालयलाई कम्प्युटर प्रिन्टर वितरण गरेको छ । नगरले १७ वटा माध्यमिक विद्यालयका छात्राका लागि सेनिटरी प्याड पनि वितरण गरेको छ ।
नगर शिक्षा समितिले ८ वटा आधारभूत विद्यालयलाई कम्प्युटर, प्रिन्टर र खेलकुदका सामाग्री वितरण गरेको हो । उक्त सामाग्री नगरप्रमुख मुरारी प्रसाद खतिवडाले विद्यालयका प्रधानाध्यापकहरुलाई बिहिबार एक कार्यक्रम बीच हस्तान्तरण गर्नुभयो । त्यस्तै, नगर शिक्षा समितिले १७ वटा माध्यमिक विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको छ । निम्नमाध्यमिक र माध्यमिक विद्यालयमा कक्षा छ देखि १० सम्म अध्यँयन गर्ने छात्रालाई महिनाको २ पोकाका दरले प्याड उपलव्ध गराईने निमित्त प्रमुख प्रशासकिय अधिकृत दीपकमणी घिमिरेले बताउनुभयो ।

महिनावारी हुँदा छात्राहरु विद्यालय नआउने समस्या भएपछि नगरपालिकाले उनीहरुका लागि सेनिटरी प्याड उपलव्ध गराएको हो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्