Techie IT
शनिबार, वैशाख १९,२०८३

ठगी गरेको आरोपमा नुवाकोटका एक व्यक्ति पक्राउ


रकम नभएको खाताको चेक दिएर दुई जनालाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट जिल्ला साविक थानापति गाविस वडा नं ९ हाल ललितपुर महानगरपालिका–१४, बस्ने वर्ष ४३ को पारस लोहनी रहेका छन्।

रकम नभएको खाताको चेक दिएर आकाश लामिछाने समेत दुई जनालाई ठगी गरेको अभियोगमा उच्च अदालत पाटनको मिति २०७६।१०।२९ गतेको फैसलाले लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।

फरार रेहेका लोहनीलाई प्रहरीले सोमबार काठमाडौंको मातातिर्थमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।


क्याटेगोरी : समाचार
ट्याग : #ठगी


तपाईको कमेन्ट लेख्नुहोस्