निजामती कर्मचारीको निर्वाचन गर्न कार्यालय स्थापना
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना गरिएको छ । सिंहदरबार परिसरमा असोज २४ गते हुने निर्वाचनका लागि कार्यालय स्थापना गरिएको युनियनका कावा अध्यक्ष भोला पोखरेलले जानकारी दिनुभयो ।
विसं २०७३ जेठ १९ गते भएको युनियनको निर्वाचनमा पुण्यप्रसाद ढकालको नेतृत्वमा निर्वाचित पदाधिकारीको पदावधि छ महिना बाँकी छ ।
अध्यक्ष ढकाल उपसचिवमा बढुवा भएपछि अहिले कावा अध्यक्षको रुपमा पोखरेल हुनुहुन्छ । सरकारले निर्वाचनका लागि कलानिधि पौडेल प्रमुख निर्वाचन अधिकृत तोकेको छ । कावा अध्यक्ष पोखरेलले निर्वाचन कार्यालय स्थापनासँगै मतदाना नामावली, निर्वाचन कार्यविधि तयार गरिने बताउनुभयो ।
उहाँले निर्वाचन कार्यालय स्थापना भए पनि कोभिड–१९ र त्यतिबेला नै कर्मचारीको सरुवा हुने भएकाले तोकिएको समयमा निर्वाचन गर्न कठिनाइ हुने बताउनुभयो । करिब ९२ हजार निजामती कर्मचारी सहभागी हुने निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा देशभर एकै पटक हुने छ ।
निर्वाचनमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी सङ्घ युनियन, मधेशी कर्मचारी मञ्चलगायत कर्मचारीका सङ्घ सङ्गठनको सहभागिता हुनेछ । कावा अध्यक्ष पोखरेलले निर्वाचनमा स्वास्थ्य सेवाका कर्मचारीलाई पनि समेट्नुपर्ने बताउनुभयो । स्वास्थ्य सेवामा करिब २२ हजार कर्मचारी छन्
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निजामती कर्मचारी, #भोला पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्