नेकपा संखुवासभाका १० कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संखुवासभा सदस्य राजन कोइराला र तेन्डी शेर्पालगायत १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसका महामन्त्री शशांक कोइरालाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । महाराजगन्जस्थित कोइराला निवासमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले उनीहरुलाई पार्टी सदस्यता प्रदान गरेका छन् ।
कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसको आदर्श र सिद्धान्त स्वीकार गर्ने सबैलाई कांग्रेसको ढोका खुला रहेको बताए ।
सुनील थापालाई सह-महामन्त्री दिएर कांग्रेसमा ल्याउने सन्दर्भमा महामन्त्री कोइरालाले भने, “पञ्चायत छाडेर सूर्यबहादुर थापा नै कांग्रेसमा आउँदा बीपीले पनि पार्टीमा स्वागत गर्नुहुन्थ्यो ।” राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मान्ने सबै नेपाली कांग्रेस हुन सक्ने उनको भनाइ थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्