चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग
जवाफदेहिता निगरानी समितिले चितवनको चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न माग गरेको छ । समितिमा संयोजक चरण प्रसाईंद्वारा आज जारी प्रेस विज्ञप्तिमा घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी चेपाङ समुदायको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षणका साथै मृतक राजकुमार चेपाङका परिवार र घाइतेलाई न्याय, उचित क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था गरी दोषीउपर कानूनबमोजिम सजाय गर्न माग गरिएको छ ।
यही साउन १ गते चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटाइबाट चितवन जिल्ला राप्ती नपा–२ मिलनटोल बस्ने २४ वर्षीय राजकुमार चेपाङ गम्भीर घाइते भई साउन ७ गते उपचारका क्रममा मृत्यु भएको थियो भने पाँच पुरुष घाइते भएका थिए । “चेपाङ समुदायका पाँच पुरुष र दुई महिला निकुञ्ज क्षेत्रभित्र घुँगी टिप्न गएको बखत नेपाली सेनाका अधिकारीले नियन्त्रणमा लिई निर्मम यातना दिएका थिए”, विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकायबाट भएका यस्ता गम्भीर घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानूनबमोजिम कारवाही हुनुपर्छ ।
” नेपालको संविधानमा सम्मानपूर्वक बाँच्न पाउने हक, यातना विरुद्धको हक, आवासको हक र सामाजिक न्यायको हकलगायत मौलिक हक अधिकार तथा नेपाल पक्षराष्ट्र भएका अन्तर्राष्ट्रिय कानूनका प्रावधान विपरीत कार्यहरू निकुञ्ज सुरक्षाकर्मीबाट भएको हँुदा नियमित फौजदारी न्याय प्रणालीअन्तर्गत घटनाको अनुसन्धान गरी दोषीउपर अभियोजन गर्न सरकारसमक्ष समितिले माग गरेको छ । यही साउन ३ गते चितवन जिल्लाको माडी नगरपालिकाको मध्यवर्ती वन क्षेत्रस्थित कुसुम खोलामा २०५३ सालदेखि बसोबास गर्दै आइरहेका चेपाङ समुदायका सुकुम्वासीको घरमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले निकुञ्जको जग्गा खाली गर्ने भन्दै पूर्वजानकारी र वैकल्पिक व्यवस्थापनबिना दुई घरमा आगजनी गर्नाका साथै आठवटा घरमा हात्ती लगाएर पीडितको बासस्थान भत्काएको थियो । –––
क्याटेगोरी : समाचार
ट्याग : #chepang, #chitwan
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्