नागार्जुन नगरपालिकाभित्रका सबै सरकारी कर्मचारीहरुलाई सम्पत्ति विवरण दर्ता गर्न निर्देशन
साउन, काठमाडौं । नागार्जुन नगरपालिका भित्रका सरकारी कर्मचारीहरुले आफ्नो सम्पत्ति विवरण प्रदेस सरकारलाई ३० दिनभित्र बुझाउन निर्देशन गरेको छ ।
कर्मचारी समायोजन ऐन २०७५ बमोजिम प्रदेस तथा स्थानीय तहमा समायोजन भएका वा अन्य कर्मचारीहरु र लोकसेवा आयोगबाट २०७५/७६ मा भएको विज्ञापन अनुसार स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आफ्नो सम्पत्ति विवरण प्रदेस सरकारकारको मुख्यमन्त्रीको कार्यालयमा ३० दिनभित्र पेस गर्न अनुरोध गरेको छ ।
जिल्ला समन्वय समितिको कार्यालय, गाउँपालिका, नगरपालिका र प्रदेस सरकारको मन्त्रालयहरुमा पेस भएका कागजात मुख्यमन्त्रीको कार्यालयमा बुझाउन प्रदेस सरकाको निर्देशनलाई नागार्जुन नगरपालिकाले आफ्ना सबै वडाहरु र साखा/उपशाखामा पत्राचार गरेको छ ।
नीजामती सेवामा कार्यरत रही संघ, प्रदेस र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुले साविक बमोजिम नै राष्ट्रिय कितावखानामा नै सम्पत्ति विवरण बुझाउन नागार्जुन नगरपालिकाले अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्