नेकपा स्थायी समितिको बैठक फेरि स्थगित

काठमाडौं, १३ साउन । मंगलबारका लागि तय गरिएको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक स्थगित भएको छ ।
सचिवालय बैठकका निर्णयलगायत दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको आपसी परामर्श नसकिएको भन्दै बैठक स्थगित गरिएको हो । बिहान ११ बजेका लागि बैठक बालुवाटारमा बोलाइएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार ११ बजे हुने भनिएको स्थायी समितिको बैठक स्थगन भएको सूचना जारी गरे तर त्यहिँ नेकपाका प्रवक्ता भने १५–२० जना बैठक स्थलमा रहेको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान हुने भनिएको वार्ता नभएका कारण स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जनाइएको थियो ।
तर प्रचण्ड पक्षधर भनिएका माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेता भने बैठकस्थल पुगेका थिए । अध्यक्षद्वयबीच वार्ता नभई बैठक नहुने स्थिति भए पनि सत्तारुढ पार्टीका नेताको यो गाईजात्राले जग हसाएको कतिपयको टिप्पणी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा स्थायी समिति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्