नेकपा स्थायी समितिको बैठक फेरि स्थगित
काठमाडौं, १३ साउन । मंगलबारका लागि तय गरिएको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक स्थगित भएको छ ।
सचिवालय बैठकका निर्णयलगायत दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको आपसी परामर्श नसकिएको भन्दै बैठक स्थगित गरिएको हो । बिहान ११ बजेका लागि बैठक बालुवाटारमा बोलाइएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार ११ बजे हुने भनिएको स्थायी समितिको बैठक स्थगन भएको सूचना जारी गरे तर त्यहिँ नेकपाका प्रवक्ता भने १५–२० जना बैठक स्थलमा रहेको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान हुने भनिएको वार्ता नभएका कारण स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जनाइएको थियो ।
तर प्रचण्ड पक्षधर भनिएका माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेता भने बैठकस्थल पुगेका थिए । अध्यक्षद्वयबीच वार्ता नभई बैठक नहुने स्थिति भए पनि सत्तारुढ पार्टीका नेताको यो गाईजात्राले जग हसाएको कतिपयको टिप्पणी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा स्थायी समिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्