खाना खाजाकालागि अब आयो तातोमिठो
काठमाडौ । कतिपय सेवा नामबाटै प्रष्ट हुन्छ । नाम नै तातोमिठो भएपछि यसले दिने सेवाकाबारेमा थप व्याख्या विश्लेषण किन गर्नुप्यो र ? व्यस्त जीवनमा मिठो परिकारकालागि भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको छ । तातोमिठो एप्सले खाना पारखीहरुकालागि अबदेखि घरमा बसीबसी मिठो–मिठो खाना विभिन्न छुटका अफरहरु सहित उपलब्ध गराउने सिष्टमको विकास गरेपछि यस्तो अवस्था आएको हो ।
तातोमिठोले खल्ती एप्स (राष्ट्र बैंकबाट अनुमति प्राप्त डिजिटल भुक्तानी सेवा दिने पेमेन्ट गेटवे) सँंग अनलाइन भुक्तानीको लागि साझेदारी गरेपछि अब ग्राहकहरुले आफुले चाहेको रेष्टुरेन्टबाट मिठो खानाको परिकारका साथै खाद्यान्न सामानहरु पनि तातोमिठो एप्सबाट अर्डर गर्नसक्ने व्यवस्था मिलाएको छ । खल्ती एप्सको लिंक प्रयोग गरि लागेको शुल्क तिर्न सक्ने सुविधा प्रदान गर्ने सिष्टम विकास भएसँगै अबका दिनमा मिठो परिकारकालागि सम्पूर्ण ग्राहकले तनाव लिनुपर्ने कामबाट छुटकारा पाउने अवस्था सिर्जना भएको तातोमिठो टिमले बताएको छ ।

आफ्ना ग्राहकलाई कसरी सस्तो छिटो मिठो र गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने विषयमा दत्तचित्त भएर काम गरिरहेको तातोमिठो एप्सले विगत ५ महिनादेखि आफ्नो सेवालाई निरन्तरता दिइरहेको छ । गुणस्तरीय सेवा दिएकै कारण हालसम्म यस एप्समा काठमाडौँ र ललितपुरका करिब दुई सय भन्दा धेरै रेष्टुरेन्टहरु आबद्ध भइसकेको पनि तातोमिठो टिमले बताएको छ । यस एप्सको मुख्य विशेषताबारे जानकारी दिंदै सो टिमले आफ्ना ग्राहकहरुसंग अतिरिक्त शुल्क नलिइ तातोमिठो खाजा र खाना ग्राहकसम्म पुर्याउनु टिमको प्रमुख उद्देश्य रहेको पनि बताएको छ । त्यतिमात्रै हैन, यो एप्सको अर्को मुख्य आकर्षण भनेको ग्राहकहरुले थोरै मूल्यका खानाका परिकार पनि अर्डर गर्न सक्ने र त्यस बापत अतिरिक्त शुल्क नलाग्ने बरु उल्टै विभिन्न अफर समेतको व्यवस्था गरेको पनि तातोमिठो टिमले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #खाना खाजा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्