संखुवासभामा ‘आफ्नै लागि माक्स लगाउ’ अभियान (फोटोफिचर)
नेपाल सरकारले लकडाउन खुला गर्ने निर्णय गरे संगै सर्वसाधारणले मास्क प्रयोग गर्न छाडेपछि संखुवासभामा उद्योग बाणिज्य संघले ‘आफ्नै लागि माक्स’ अभियान थालेको छ । संखुवासभा उद्योग बाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय संखुवासभाको संयुक्त आयोजनामा सर्वसाधारणलाई मास्क प्रयोगको बानी बसाउन अभियान थालिएको हो ।

सदरमुकाम खाँदबारीका उद्योगी व्यवसायी र प्रहरीले सचेतना फैलाउने क्रममा शनिबार खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा मास्क प्रयोग नगर्नेहरूलाई “कोरोना संग बच्न सामाजिक तथा भौतिक दुरी कायम गर्दै नियमित मास्क प्रयोग गर्न आग्रह गरिएको थियो । सो क्रममा स्थानीय ब्यवासायी र प्रहरीहरूले मास्क प्रयोग नगर्नेहरूलाई निःशुल्क मास्क वितरण गरेका छन ।

अभियानको पहिलो दिन खाँदबारी बजारमा दुई हजार भन्दा बढी मास्क वितरण गरिएको संखुवासभा उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण भगत प्रधानले बताउनुभयो ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार लकडाउन खुले संगै जिल्लामा लापरबाही पनि बढ्दै गएकोले सम्भावित जोखिमलाई ध्यान दिदै ‘आफ्नै लागि माक्स लगाउ’ अभियान सञ्चालन गर्नुपरेको बताउनुभयो । डिसपी मल्लका अनुसार पहिलो चरणमा मास्क प्रयोग नगर्नेलाई सम्झाउने र दोस्रो चरणबाट कारबाही गर्ने योजना रहेको बताउनुभयो ‘आफ्नै लागि माक्स लगाउ’ अभियानलाई खाँदबारी नगरपालिकाले पनि सहयोग गर्ने नगरप्रमुख मुरारीप्रसाद खतिवडाले प्रतिबद्धता जनाउनुभयो ।
सुजन बज्राचार्य खाँदबारी, संखुवासभा –

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्