टोखा मालुङ्गमा पहिरो गयो , ५ जनाले भागेर ज्यान बचाए
काठमाडौं । टोखा छहरे मार्ग अन्तर्गत भिल्ली मालुङ्ग सडक खण्ड गए राति पहिरो गएको छ । केहि सातादेखि अविरल रुपमा परिरहेको वर्षाका कारण सडक भासिनेक्रम बढेसँगै पहिरो गएको हो ।
बिहिबार राति २ बजे पहिरोजादा स्थानिय यादव कुँवरको खेतमा तरकारी खेती गरेर बस्ने बेलकोटगढी वडा नं. ११,नुवाकोट बस्ने रुप बहादुर तामाङ्गको ५ परिवारले भागेर ज्यान बचाएका छन ।
पहिरो गएको खण्डमा मालुङ्ग, झोरसँगै नुवाकोट आवतजावत गर्नेहरु प्रभावित भएको छ । यससँगै बैकल्पिक मार्गको रुपमा रहेको फैडोः(मालुङ्ग सडकको अवस्था पनि यति वेला नाजुक अवस्थामा रहेकोले सवारी आवतजावत गर्नबाट अझ बढि प्रभावित हुनेदेखिन्छ ।
हाल एकतर्फी रुपमा सडक संचालनमा आएको छ ।
त्यस आसपासका घरहरुसमेत जोखिममा परेको छ । कुन वेला पहिरो जाने हो भन्ने चिन्ताले यतिवेला त्यस आसपासका स्थानीयहरू त्रसित भएका छन्।

यस स्थानमा पहिरो गएरको खण्डमा मालुङ्ग, झोरसँगै नुवाकोट आवतजावत गर्नेहरु प्रभावित हुनेछ । यससँगै बैकल्पिक मार्गको रुपमा रहेको फैडोःमालुङ्ग सडकको अवस्था पनि यति वेला नाजुक अवस्थामा रहेकोले सवारी आवतजावत गर्नबाट अझ बढि प्रभावित हुनेदेखिन्छ ।
आसपासका तीन घर जोखिममा परेको स्थानीय समाजसेवी पंजकाजी श्रेष्ठले बताए ।
केहीदिन अघि सडक भासिएर चर्किन थाले पछि चर्किएको ठाउँबाट पानी पसेर बढि भासिन नपाउन भनेर स्थानीय सरकारले चर्किएको ठाउँमा सिमेन्टले टालिएको थियो । तर सडक नै भासिदै भएपछि सिमेन्टले टाल्ने काम खासै प्रभावकारी बनेन ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा मालुङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्