सिलिचोङका पहिरो विस्थापितलाई दुई युवाले गरे एक लाख दश हजार सहयोग
कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल संखुवासभाका जिल्ला सभापति टकमान घले र कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिका सहसचिव तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र घलेले सिलिचोङका पहिरो विस्थापितहरूलाई एक लाख दश हजार रुपैयाँ सहयोग गरेका छन् । बुधबार आयोजित एक कार्यक्रममा युवा नेताद्वयले सिलिचोङ समन्वय समिति काठमाडौंका अध्यक्ष संयोगान्त कुलुङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा कांग्रेसका जिल्ला सभापति दीपनकुमार श्रेष्ठ, जिल्ला सचिव निरु तामाङ (बस्नेत)लगायतको उपस्थिति थियो । सहयोग रकम हस्तान्तरण गर्दै घलेले प्राकृतिक विपत्तिको घडीमा महलमपट्टि लगाउन यो रकमले केही सहयोग गर्ने विश्वास व्यक्त गरे । यसैगरी चिचिला गाउँपालिका कार्यपालिका सदस्यसमेत रहेका घलेले दुःख र पीडाका वेला उनीहरूको आँसु पुछ्न नसके पनि केही सक्ने सहयोग गरेको बताए ।
२७ असार राति सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँमा गएको पहिरोमा बेपत्ता भएका ११ जना अझै फेला परेका छैनन् भने नौजनालाई बगाएको थियो । विस्थापित परिवारहरूलाई सोही गाउँपालिकाको बुधबारे बजार र चित्रेका अस्थायी वासस्थानमा राखिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्