अरनिको यातायात समितिका गाडी सञ्चालनमा
बन्दाबन्दीपछि जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ । सरकारी निर्णयानुसार जिल्लाभित्र चल्ने गरी सवारी साधन सञ्चालनमा आएका हुन् । गत चैत ११ गते लागु भएको लकडाउनपछि सवारी साधन सञ्चालन गर्न थालिएको यातायात व्यवसायीले बताएका छन् ।
कोरोनाको सङ्क्रमणको त्रासले समस्या उत्पन्न भए पनि सर्वसाधारणको समस्यालाई केन्द्रित गरेर सवारी सञ्चालनमा ल्याउन लागिएको अरनिको यातायात समिति जलविरेका कर्मचारी खगेन्द्र थापाले जानकारी दिनुभयो ।
जिल्लाभर छोटा दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सामाजिक दूरी कायम राखी मास्क, सेनिटाइजरलगायत सुरक्षा विधि अपनाएर मात्रै गाडी चढ्न पाइने छ ।
लामो समयपछि सञ्चालन भएको र मापदण्ड पूरा गरी यात्रु बोक्नु परेकाले सरकारले बसको भाडादर भने साविकभन्दा ५० प्रतिशतले वृद्धि गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अरनिको यातायात
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्