मध्यराती साङ्गला प्रहरीले बरामत गरेको राँगा घर धनिलाई हस्तान्तरण
काठमाडौंको टोखा ,तारकेश्वर र चुनिखेल बाट भैसी चोरी बढेको छ। यसै सन्र्दभमा साङ्गला प्रहरीले आज राती करिव २ बजे २ वटा राँगा नियन्त्रणमा लिएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ बस्ने मिनबहादुर कुइकेलको गोठमा बाधेको उक्त राँगा साङ्गला प्रहरीले नियन्त्रणमा लिई घर धनिलाई बुझाइएको महानगरीय अस्थाही प्रहरी बिट साङ्गलाका प्रमुख जाली नारायण श्रेष्ठले बताए ।
हामी राती नियमित गस्तीमा थियौ र सो क्रममा तारकेश्वर नगरपालिका वडा नं १ र ७ को सिमानामा पर्ने स्थानबाट सो राँगा समातिएको र अविरल बर्षा र झाडीको कारण चोरलाई पक्राउ गर्न नसकिएको श्रेष्ठको भनाई छ ।
गस्तीको क्रममा टाढैबाट चोरहरुले प्रहरीलाई देखी राँगा छोडी भागेको र उनीहरुको तीब्र रुपमा खोजी कार्य भइरहेको प्रहरी बिट साङ्गलाका प्रमुख जाली नारायण श्रेष्ठले बताए ।
यसै बिच तारकेश्वर बाट पटक पटक खसी बोका , भैसी , रागाँ चारी गर्ने गिरोहलाइ प्रहरीले पक्राउ गरेर सम्बन्धीत धनिलाई बुझाइसकेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #भैसी चोरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्